बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत संक्रमित वृद्धको मृत्यु

मोरङ – कोरोना भाइरस कोभिड १९ संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक वृद्धको मृत्यु भएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणि पोखरेलका अनुसार मंगलबार अपरान्ह करिब ५ बजे धरान १८ का ७६ वर्षीय पुरुषको निधन भएको हो।

गत पुस २८ गते आरडीटी परीक्षणमा पोजिटिभ आएसँगै उनलाई परिवारले प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गराएका थिए। सहप्रवक्ता डा पोखरेलका अनुसार वृद्धमा मृगौलामा समस्या रहेको थियो

यससँगै प्रतिष्ठानमा हालसम्म ४२४ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। प्रतिष्ठानका अनुसार अस्पतालमा हाल २१ जना संक्रमितको उपचार भइरहेको छ।

अस्पतालमा हालसम्म २ हजार ५९३ जना संक्रमितको उपचार भएको छ। जसमध्ये १ हजार ६४७ जना निको भएका छन्।

माघ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्