वीरगञ्ज भन्सारद्वारा आर्थिक वर्षको पहिलो ६ महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन

वीरगञ्ज – चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो ६ महिनाको अवधिमा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ ।

साउनदेखि पुस महिनासम्ममा वीरगञ्ज भन्सार कार्यालयले भन्सार विभागबाट पाएको लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न गरेको हो ।

वीरगञ्ज भन्सार कार्यालयले जारी गरेका तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल एक खर्ब ५ अर्ब ९० करोड ५३ लाख २१ हजार राजश्व संकलन गरेको छ । यो भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई दिएको लक्ष्य भन्दा बढी हो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भन्सार विभागले यस भन्सारलाई ८२ अर्ब ६७ करोड १७ लाख ७८ हजार राजश्व संकलन गर्न लक्ष्य दिएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयले यस अवधिमा पाएको राजशव लक्ष्य भन्दा २३ अर्ब २३ करोड ३५ लाख ४३ हजार बढी राजश्व संकलन गर्न सफल भएको हो ।

मुलुकको प्रमुख नाका रहेको वीरगञ्ज भन्सार भएर औद्योगिक कच्चा पदार्थ पेट्रोलियम पदार्थ, गाडी, मोटर पार्टस लगायतका सामानहरु मुख्य रुपमा आयात हुने गरेको छ ।

 

माघ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्