वडाध्यक्षमाथि अज्ञात समूहद्वारा ढुंगा प्रहार

सांकेतिक तस्बिर

संखुवासभा – संखुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेको छ। मंगलबार साँझ वडाध्यक्ष राईमाथि ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।

ढुंगा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते भएका छन्। मोटरसाइकलमा घर जाँदै गर्दा अज्ञात समूहले वडाध्यक्ष राईमाथि ढुङ्गा प्रहार भएको हो।

अज्ञात समूहको ढु‌ंगा प्रहारबाट सामान्य घाइते टाउको, ढाड र हातमा सामान्य चोट लागेको वडाध्यक्षले राईले बताए। वडाध्यक्ष राईमाथि ढुङ्गा प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

माघ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्