ललितपुरको चापागाउँमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्मती प्रदेश ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं १० टाखेलस्थित शाखा कार्यालय चापागाउँ विस्तार गरेको छ। शाखाले सोमबारबाट कारोबारसमेत शुभारम्भ गरेको बैंकले जनाएको छ।

यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको जनाइएको छ। बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ।

माघ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्