महालक्ष्मी विकास बैंकद्वारा न्यानो कपडा वितरण

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ सञ्चालन गर्दै आइरहेको छ।

सोही कार्यलाई निरन्तरता दिँदै यस बैंककोे पालुङ शाखाले थाहा ̵ ७ डाँडाबासस्थित सुन्दरी देवी माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका ६३ जना छात्रछात्रालाई ज्याकेट वितरण गरेको छ। विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमका बीच पालुङ शाखाका प्रबन्धक संगीता बज्राचार्यले विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकी हुन्।

जाडो बढेसँगै स्कूल आउन समस्या भोगिरहेका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिएको बैंकले जनाएको छ। जसबाट दैनिक पठनपाठनमा र विद्यालय सञ्चालनमा सहयोग पु¥याएको विद्यालय प्रधानाध्यापक प्रतापसिंह गोलेले जानकारी दिए।

आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ।

बैंकले प्रदेश नं १ मा ५, मधेस प्रदेशमा १५, बाग्मतीमा ३७, गण्डकीमा ९, लुम्बिनीमा १८, कर्णलीमा २ र सुदूरपश्चिममा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तीय सेवा सरलीकृत तवरले प्रदान गर्दै आएको छ।

माघ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्