‘नागिन ६’ : छिमेकी देशको भाइरस आक्रमणबाट देशलाई बचाउँदै नागिन, के चीनप्रति लक्षित हाे?

कलर्स टेलिभिजनको प्रख्यात टेलिश्रृंखला ‘नागिन’ ले आफ्नो छैठौँ कार्यक्रमको कथामा भाइरसविरुद्ध नागको लडाइँ देखाउने भएको छ।

‘नागिन ६’ को प्रोमो सार्वजनिक भएको छ, जसमा छिमेकी देशले गरेको भाइरस आक्रमणलाई नागिनले सुरक्षा दिने देखाइएको छ। यो श्रृंखलामा नागिनलाई राष्ट्रभक्त भनी देखाइएको छ।

‘विषले नै विषलाई काट्छ’ भन्ने स्लोगनको साथमा प्रोमो देखाइएको छ। काल्पनिक कथामा बनेको यो टेलिश्रृंखलाले अब बाटो मोडेको छ। अब नागिन ‘राष्ट्रभक्त’ को रुपमा देखिँदैछिन्।

प्रोमोमा सन् २०२० मा छिमेकी देशले भाइरस आक्रमण गर्न लागेको भनिएको छ। कोरोना भाइरस सबैभन्दा पहिले चीनमा देखिएको थियो।

कोरोना भाइरस महामारीको पहिलो लहरका समय अमेरिकाका पूर्वराष्ट्रपनि डाेनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरसको संज्ञा दिएका थिए।

चीनसँग सम्बन्ध राम्रो नभएको भारतले अमेरिकाको यो अभिव्यक्तिलाई स्वीकारेको थियो। यो सिरिजमा पनि छिमेकी देशको भाइरस आक्रमण भनिएको छ र अहिले भारतमा कोरोना भाइरस महामारीको तेस्रो लहर चलिरहेको छ।

माघ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्