नेपालीहरूले २०२१ मा कसरी भाइबरमा मेसेज, कल र एप प्रयोग गरे?

काठमाडौँ – भ्वाइस बेस्ड कम्युनिकेशन र सुरक्षित मेसेजिङमा विश्वकै अग्रपङ्क्तिमा रहन सफल राकुटेन भाइबरले आफ्ना प्रोडक्टहरू र नयाँ फिचरहरू जस्तै एआरलेन्स क्रमशः प्रमुख बजारहरूमा रोल आउटर लन्च गरेपश्चात २०२१ मा भाइबर प्रयोगबारे गरिएकोअनुसन्धानको नतिजा सार्वजनिक गरेको छ।

नेपालमा वर्षभरि नै ग्रुपच्याट र कम्युनिटीहरू प्रयोगकर्तामाझ लोकप्रिय रह्यो। कम्युनिटी फिचरहरूमा ३९ प्रतिशतको उल्लेखनीय वृद्धि भएको थियो जुन ‘प्रमिसिङ पार्टनरसीप’, सहकार्य र फिचर फङ्सनालिटी सान्दर्भिकताको नतिजा हो। त्यसैगरी दोस्रो स्थानमा ग्रुपच्याट सिर्जना गर्नेहरू रहेका छन्। थप ग्रुप फङ्सन् र मेसेज आदानप्रदानको साथ ३८ प्रतिशतको वृद्धि भएको भाइबरले जनाएके छ।

ग्रुपच्याटमा मेसेजिंग गर्नेको संख्या २६ प्रतिशतले बढ्यो किनभने धेरै क्षेत्रहरूले यसको सुविधाहरू अधिकतम रूपमा प्रयोग गरे।

‘वान-टु-वान’ मेसेजिंग जुन प्लेटफर्मको मुख्य विशेषता हो, गत वर्षको तुलनामा १८ प्रतिशतले बढेको छ।

भाइबर कम्युनिटीहरूले महामारीको विषम समयमा नेपालमा सूचना प्रवाह र प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। महामारी र पोस्ट-महामारीको समयमा नेपाली जनताले मुख्यतया आफ्नो ‘ग्रुपच्याट’ र कम्युनिटी गठन गरे र सबैसँग एकैचोटि सूचनाहरू आदानप्रदान गरेकाथिए।

नेपालअनलाइनस्कूल‘, ‘एमओएच्पी‘, ‘मिम्नेपाल‘ र ‘रुटीनअफनेपालबन्द‘ जस्ता भाइबर कम्युनिटीमा सबैभन्दा सर्वाधिक सङ्ख्यामा कम्युनिटी सदस्यहरू छन्।

भाइबरले साझा गरेको अर्को महत्वपूर्ण उपलब्धि भनेको भाइबर लेन्सको तथ्याङ्क हो, जुन, गत जुन २०२१ मा विश्वव्यापी रूपमा र नेपालमा गत सेप्टेम्बर २०२१ मा सुरु गरिएको थियो। जुनमा विश्वव्यापी लन्चको पहिलो लहरपछि, ७.३ मिलियनभन्दा बढी प्रयोगकर्ताहरूले तस्बिर, भिडियो वा ‘जिफ’ जस्ता मिडियाका लागि लेन्सहरू प्रयोग गरेका छन्। ५.६ मिलियनभन्दा बढी प्रयोगकर्ताहरूले एपमा ५१.८ मिलियनभन्दा बढी तस्बिरहरू खिचेका छन्।

‘जुन बेला प्यान्डेमिकले गर्दा मान्छेहरूको एकअर्कासितको भेटघाट एकदम न्यून भएको थियो, त्यस्तो विषम परिस्थितिको बेला डिजिटल वार्तालापलाई जीवन्त बनाउन भाइबरले हात अघि बढायो’, भाइबरका लागि चीफ ग्रोथ अफिसर आना ज्नामेनस्काया भन्छिन्।

ज्नामेनस्काया थप्छिन, ‘मानिसहरू एकअर्काको सम्पर्कमा रहिरहनका लागि रमाइलो तरिकाहरू खोजिरहेका छन्, चाहे त्यो लेन्स प्रयोग गर्दा कसैलाई बोलाउनका लागि होस् जसले उनीहरूलाई बाघजस्तो देखाउँछ अथवा उनीहरूलाई मनपर्ने ब्राण्डहरूका लागि समर्थन देखाएर होस्।’

माघ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्