बाँकेमा १६७ जनाको कोरोना परीक्षण गर्दा १०८ जनामा संक्रमण पुष्टि

नेपालगञ्ज – बाँकेका तीन वटा ल्याबमा गरिएको परीक्षणमा १०८ जनालाई कोरोना पुष्टि भएको छ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार १६७ जनाको परीक्षण गर्दा १०८ जनालाई कोरोना पुष्टि भएको हो।

भेरी अस्पतालमा १०१ जनाको परीक्षण गर्दा ७० जना, कोहलपुर मेडिकल कलेजमा ५३ जनाको परीक्षण गर्दा ३२ जना र बागेश्वरी ल्याबमा १३ जनाको परीक्षण गर्दा ६ जनालाई कोरोना देखिएको हो।

जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ८४ पुगेको छ। अस्पतालमा आउने बिरामी पनि बढेका छन्।

माघ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्