कोशी अस्पतालका १० चिकित्सकसहित ७५ स्वास्थ्यकर्मी कोरोना संक्रमित

मोरङ– विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार बुधबार दुई चिकित्सकसहित २९ जना संक्रमित भएका हुन्।

मेसु डा. दासले मंगलबार ८ चिकित्सकसहित ४६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका थिए। बुधबार २९ जना थपिएसँगै संक्रमितको संख्या ७५ पुगेको हो।

अस्पतालको अर्थो ओपीडिमा ८, आईसियु र इमर्जेन्सीमा समान ६, ओपीडी, अर्थो ओपिडी, ल्याबमा समान ५ जनासहित अन्य कर्मचारीमा संक्रमण भएको छ। यसमा २६ जना नर्सिङ स्टाफ, १० जना चिकित्सक र अन्य कर्मचारी रहेको उनले बताए।

संक्रमित संख्या बढेसँगै अर्थो र जनरल ओपीडिमा समस्या भएको बताएका मेसु दासले अन्य वार्डमा बिरामीलाई सुरक्षित राखेर काम सञ्चालनमा ल्याइरहेको जानकारी दिए।

यसक्रममा उनले थप केही शंकास्पद रहेका कर्मचारीको परीक्षण गरिएको बताए।

माघ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्