पृथ्वीनारायण शाहको विरोध किन?

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले पृथ्वीनारायण शाहको शालिकमा माला लगाउन सकिँदैन भने। उनका युवा महामन्त्री गगन थापा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको होइन भन्छन्। अर्का महामन्त्री विश्वप्रकाशले पनि त्यही शैलीमा विरोध गरे। यो सबै कसलाई खुसी पार्न गरिदैँछ?

आफ्नो देश स्वतन्त्र बनाउनेहरुको सबैले गुणगान गाउँछन्। अमेरिकालाई स्वतन्त्रता दिलाउन नेतृत्व लिने जर्ज वासिङ्टन, जर्मनीलाई एकीकरण गर्ने ओटोभोन बिसमार्क, भारतलाई स्वतन्त्रता दिलाउने मुख्य ब्यक्ति महात्मा गान्धी, चिनमा माओत्सेतुङको नाम सबैले आदरसाथ लिन्छन्। त्यस्तै देशलाई समृद्ध बनाउने सिङ्गापुरका ली क्वान लिउ, मलेसियाको आर्थिक बिकास गराउने महम्मद महाथिर, चीनमा देङग सियाओ पिङ, सी जिङ पिङको नाम आज आफ्नो देशमा मात्र होइन, संसारमा प्रख्यात छ।

काठमाडौँ उपत्यकाको राज्यलाई गोर्खाजस्तो सानो राज्यका पृथ्वीनारायण शाहले आफ्नो जीवनलाई दाउमा राखेर नेपाल एकीकरण गरि नेपालको राष्ट्र निर्माण गरेको कुरामा पनि विवाद निकाल्नु यो जस्तो इतिहासलाई बङ्ग्याउनु अरु के हुन सक्छ? त्यसकै कारण नेपाल अंग्रेजको कब्जामा पर्नबाट जोगियो । संसार कब्जा गर्न सक्ने अंग्रेजले नेपाल कब्जा गर्न नसक्नुमा पृथ्वीनारायण शाहको नेतृत्व नै प्रमुख कारण हो, यसमा कुनै विवाद छैन। उनी धेरै दुरदर्शी पनि थिए। त्यही भएर उनले त्यतिखेर इशाई धर्म फैलाउन पाटनमा रहेका पादरीहरुलाई देश निकाला गरे। अहिले पश्चिमाहरुले त्यसैको बदलामा नेपाललाई पनि इशाईकरण गर्न प्रयास गरिरहेका छन् जसमा हाम्रो देशका बिकाउ नेताहरु क्रिश्चियन धर्म फैलाउन हिन्दु धर्म र राजाको बिरोधमा लागिरहेको कुरा प्रष्टरुपमा देखिएको छ।

गोरखा जस्तो सानो राज्यबाट उनले जनता र सेनाको सहयोगमा विशाल नेपाल एकीकरण गर्न सफल भए। तात्कालीन समयमा इण्डियामा इष्ट इण्डिया कम्पनीले राज्य बिस्तार गर्दै थियो। उनीहरुले त्यहाँ भएको धर्म संस्कार रितिरिवाजलाई तहसनहस पार्दै इसाई धर्म फैलाउने कार्य गरिरहेका थिए। भारतको उत्तर पूर्ब राज्यका नागाल्याण्ड, मिजोरमका आदिबासी सबैलाई इशाई बनाउन उनीहरु सफल भए। स्थानिय र संस्कृत भाषालाई दबाएर अंग्रेजी भाषालाई चलनचल्तीको भाषा बनाउँदै थिए। त्यतिबेला भारतका धर्म परम्पराका विद्वान शंकराचार्यहरु कसरी हिन्दुधर्म जोगाउन सकिन्छ भनी प्रयासरत थिए। त्यतिखेर गोर्खाका युवा जोशिला राजा पृथ्वीनारायण शाहलाई सहयोग गर्न सकिएमा केही उपलब्धि हुन सक्ला कि भनी आश गरिरहेको समयमा पृथ्वीनारायण शाह हतियार जम्मा गर्न बनारस पुगे। त्यही बेलामा हिन्दु धर्मका अनुयायि बिद्वानहरुको सल्लाहमा उनको गोत्र समेत फेरेर अर्को बिहा गरी सम्बन्ध गाँसे। त्यहाँबाट हतियार तथा हतियार बनाउने कालिगढ समेत ल्याएपछि अंग्रेजबिरुद्ध लड्न ठूलो सहयोग पुग्यो।

पृथ्वीनारायणपछि उनका सन्ततिले यसलाई बढाउँदै लगेर पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म सीमाना बढाएका थिए। पछि ब्रिटिश सेनासँगको युद्यपछि सुगौली सन्धिमा नेपालको सीमाना पश्चिममा महाकाली र पूर्वमा मेचीमा सीमित हुनपुग्यो। जुनसुकै राजनीति, धर्म, जातजाति भएपनि देशलाई एकीकरण गर्ने र देशलाई समृद्द बनाउनेको बिरोध गर्नु कुनै किसिमबाट पनि जायज हुनसक्दैन।

पृथ्वीनारायणपछि राजा महेन्द्रको योगदानलाई नेपालीले कहिल्यै बिर्सने छैनन्। नेपालको पूर्बाधार बिकास गर्न, असंलग्न नीति अंगालेर बिश्व जनमतलाई नेपालतर्फ ध्यान आकर्षण गर्दै मुलुकलाई आधुनिकिकरण गर्दै बिभिन्न देशबाट नेपालले आर्थिक सहयोग जुटाइयो। त्यही बेलामा पूर्ब पश्चिम राजमार्ग, कोदारी राजमार्ग लगायत बिभिन्न क्षेत्रमा औद्योगिक क्षेत्र खोलिए। जसमा हजारौ जनताले रोजगारी प्राप्त गरेका थिए। नेपालको आफ्नो राष्ट्रबैंक खोलेर नेपाली मुद्रा चलाउनेदेखि लिएर बिदेशी हस्तक्षेप बन्द गराउन सफल राजा महेन्द्रको पनि हामीले सम्झना गर्नैपर्छ।

पृथ्वीनारायणपछि राजा महेन्द्रको योगदानलाई नेपालीले कहिल्यै बिर्सने छैनन्। नेपालको पूर्बाधार बिकास गर्न, असंलग्न नीति अंगालेर बिश्व जनमतलाई नेपालतर्फ ध्यान आकर्षण गर्दै मुलुकलाई आधुनिकिकरण गर्दै बिभिन्न देशबाट नेपालले आर्थिक सहयोग जुटाइयो। त्यही बेलामा पूर्ब पश्चिम राजमार्ग, कोदारी राजमार्ग लगायत बिभिन्न क्षेत्रमा औद्योगिक क्षेत्र खोलिए। जसमा हजारौ जनताले रोजगारी प्राप्त गरेका थिए। नेपालको आफ्नो राष्ट्रबैंक खोलेर नेपाली मुद्रा चलाउनेदेखि लिएर बिदेशी हस्तक्षेप बन्द गराउन सफल राजा महेन्द्रको पनि हामीले सम्झना गर्नैपर्छ।

आज नेपालका बिभिन्न दलहरुले अरु देशका नेतालाई आफ्नो गुरु मान्छन्। तर आफ्नै देश निर्माण गर्ने पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सक्तैनन् । हाम्रा ऐतिहासिक अमर धरोहर राष्ट्र निर्माता जसले सम्पूर्ण जनतालाई सबै जातको फूलबारी भने। सबै धर्म संस्कृतिलाई साथ दिँदै बिदेशी अतिक्रमणकारी बचाउने राजाको सम्मानमा सरकारले उनको जन्म दिनमा बिदा दिन हिम्मत गर्दैन र बिदेशी पर्बहरुमा बिदा दिन्छन्। तर जनताको तर्फबाट पृथ्वी जयन्ती भव्यसँग मनाइयो। सरकारमा बसेका नेताहरु नेपाली जनताको हितभन्दा बिदेशीको इशारामा चल्छन्। नेपाली कांग्रेस अहिले अमेरिकाको इण्डो प्यासिफिक रणनीति अनुसार आएको एमसिसीको तरफदारी गर्दै यसलाई संसदबाट पास गर्न दिलोज्यान लगाएर लागिरहेको छ। कांग्रेसका युवा महामन्त्री गगन थापा एमसिसी छाती ठोकेर पास गरिन्छ भनेर धक्कु लगाउँछन्। यस्ता बिदेशीको हितमा लागेर नेपाली जनताको हितबिरुद्ध लाग्ने नेताबाट नेपाली जनताले के आस गर्न सकिन्छ? बिदेशीको हितमा बोल्ने बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई देश निकाल्ने कुरा गर्नु कतिसम्मको धृष्टता हो। शान्तिपूर्बक राजगद्दी त्यागेर एकान्त स्थानमा बसेका राजालाई अब आफ्ना प्यारा जनताको संरक्षक भएर बस्न किन नदिने?

अहिले नेपालमा बिदेशीको चलखेल बढिरहेको छ। उनीहरुको इशारामा नेताहरु चल्नु देशको दुर्भाग्य हो। अब सबै स्वाभिमानी नेपाली मिलेर देशको सार्बभौम सत्ता जोगाउँदै बिदेशी हस्तक्षेप जोगाउन नसकिएमा देशभित्र र बाहिरका दलालले नेपाललाई भड्खालोमा हाल्नेछन्। अब समय खेर नफाली बडामहाराजधिराज पृथ्वीनारायण शाहको दिब्य उपदेशलाई प्रत्येक नेपालीको घरघरमा सन्देश पुर्‍याउन आबश्यक छ। हाम्रा शैक्षिक संस्थाहरुका पढाइमा हाम्रो बास्तविक इतिहासको पढाइ फेरि सुरु गर्नुपर्छ। अन्यथा हाम्रा युवाहरुले नेपालको बास्तविक इतिहास नबुझेर बिदेशीबाट लिखित नक्कली इतिहासमा बिश्वास गर्नुपर्ने हुन्छ।

पृथ्वीनारायण शाहका दिब्य उपदेश हरेक स्कुलमा अनिबार्य पढाइयोस्। उहाँका बिचार अनुसार हामी चल्न पनि हामीले दुबै छिमेकी देशसँग असल सम्बन्ध कायम राख्न अत्यन्त आवश्यक छ। त्यसमा पनि दक्षिणको छिमेकीसँग अलि सतर्क हुनैपर्छ। तेस्रो देशसँगको सम्बन्ध आफ्नो आबश्यकता अनुसार मात्र कायम गर्न सकिन्छ। हाम्रो बिदेशसँगको सम्बन्धमा असंलग्न परराष्ट्र नीतिलाई आधार बनाउनै पर्छ। अन्त्यमा हामी कृषि, जडिबुटी, बिद्युतमा आत्मनिर्भर हुन आबश्यक छ। साथै बिद्युतीय यातायातका साधनमा जोड दिँदै खानापनि बिद्युतबाट पकाउनुपर्छ। आम्दानीको लागि रेमिट्यान्समा भर नपरी पर्यटनलाई माथिल्लो स्तरमा पुर्‍याउन अत्यावश्यक छ। बिदेशिएका युवाहरुको सिप स्वदेशमा उपयोग गर्न देशले नीति बनाउँदै देशको सुरक्षा र कोरोनाबाट बच्न शिघ्र खुला सीमाना बन्द गरी सीमाना नियमित गर्ने हिम्मत सरकारले गरोस्।

माघ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्