प्रदेश १ मा थप ८९१ जनामा कोरोना पुष्टि

मोरङ– प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ८९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १ हजार १ सय १२ जनाको पीसीआर परीक्षणमा ६ सय ७७ र ५ सय ६३ एन्टिजेन परीक्षणमा २ सय १४ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार सुनसरीमा २ सय ८०, मोरङमा २ सय ६८, झापामा ६८, धनकुटामा १५, इलाम, संखुवासभा र उदयपुरमा समान २, ताप्लेजुङ, पाँचथर र भोजपुरमा समान १ र प्रदेश १ बाहिरका ३७ जनामा संक्रमण देखिएको हो।

सुनसरीको धरानमा १ सय ७६, इटहरीमा ७७, बर्जुमा ६, इनरुवा र स्थानीय तह नखुलेकामा समान ४, देवानगञ्ज, बराहक्षेत्र र कोशी गाउँपालिकामा समान ३, हरिनगर र रामधुनीमा समान २ जनामा संक्रमण देखिएको छ।

त्यसैगरि मोरङको विराटनगरमा २ सय ४०, सुन्दरहरैंचामा १०, बुढीगंगा र स्थानीय तह नखुलेकामा समान ३, लेटाङ, कानेपोखरी र ग्रामथानमा समान २, धनपालथान, सुनबर्षी, कटहरी, उर्लाबारी, पथरीशनिश्चरे र रंगेलीमा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

झापाको बिर्तामोडमा १७, भद्रपुरमा १५, दमकमा ९, कनकाईमा ८, शिवसताक्षी र मेचीनगरमा समान ५, अर्जुनधारामा ४, कचनकवल र कमल गाउँपालिकामा समान २, गौरादहमा १ जनामा संक्रमण देखिएको छ।

मन्त्रालयले पहाडी क्षेत्रतर्फ धनकुटाको धनकुटा नगरपालिकामा १०, चौवीसे, साँघुरीगढी र पाख्रिबासमा समान १ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा २, संखुवासभाको मकालु र स्थानीय तह नखुलेकामा समान १, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेकामा समान १, ताप्लेजुङ, पाँचथर र भोजपुरमा समान १ र प्रदेश १ बाहिरका ३७ जनामा संक्रमण देखिएको जनाएको छ।

यसैबीच प्रदेशमा बुधबार २३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले पुष्टि गरेको छ। यसरी संक्रमणमुक्त हुनेमा ९ महिला र १४ पुरुष रहेका छन्।

मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई पुरुषको मृत्यु भएको उल्लेख गरेको छ। यद्यपि हाल प्रदेशमा कोरोनाका सक्रिय संक्रमित संख्या ३ हजार ७ सय १९ पुगेको छ।

माघ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्