सिटामोलको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोल लगायतका औषधीको अभाव भएको जानकारी आएको भन्दै त्यस्तो अभाव तत्काल अन्त्य गर्ने गृह मन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँड र मुख्यसचिव शंकरदास बैरागीलाई बोलाएर औषधी अभावका विषयमा के भएको अध्ययन गरेर तत्काल औषधी उपलव्ध गराउने प्रवन्ध गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका थिए ।

त्यसलगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय र औषधी व्यवस्था विभागलगायत औषधी उत्पादक कम्पनीहरुसँग पनि परामर्श गरेको तथा औषधीको अभाव नहुनेगरी अघि बढ्न औषधी उत्पादकहरु तयार भएको जानकारी दिएका थिए।

गृहमन्त्री खाँणले यदि कसैले औषधीको कृतिम अभाव सिर्जना गरेको पाइए तत्काल कारवाही गर्नेगरी निर्देशन दिएको जानकारी पनि दिएका थिए।

माघ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्