भारतमा एकै दिन थपिए तीन लाख १७ हजार भन्दा धेरै संक्रमित

भारतमा एकै दिन तीन लाख भन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार बुधबार एकै दिन तीन लाख १७ हजार ५३२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण ४९१ जनाको ज्यान गएको छ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या १९ लाख २४ हजार ५१ रहेको छ। दैनिक संक्रमणदर हाल १६.४१ प्रतिशत रहेको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको कुल संख्या भारतमा ९ हजार २८७ पुगेको छ। अघिल्लो दिनको तुलनामा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३.६३ प्रतिशत वृद्धि भएको हो ।

माघ ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्