‘लालीगुराँस कोभिड नियन्त्रणमा प्रभावकारी’

फाइल तस्बिर

एजेन्सी – हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताहरुले दाबी गरेका छन्। इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) का अनुसन्धानकर्ताहरुले लालीगुराँसमा पाइने तत्व कोभिड नियन्त्रणमा प्रभावकारी हुने बताएका हुन्।

कोभिड १९ संक्रमित भेरो इ६ कोषिका (अफ्रिकी बाँदरको किड्नीको कोष) मा गरिएको परीक्षणपछि वैज्ञानिकहरुको सो निष्कर्ष आएको हो।

बायोएक्स सेन्टर स्कुल अफ बेसिक साइन्सका सहप्राध्यापक डा श्यामकुमार मसाकपालीको समूहले लालीगुराँससहित अन्य हिमाली वनस्पति, दुर्लभ र अन्य औषधियुक्त जडिबुटीको बारेमा सन् २०१९ देखि अध्ययन गरिरहेको छ। कोभिड संक्रमण फैलिएसँगै भारतीय अनुसन्धानकर्ताहरुले जडिबुटीबारे थप अध्ययन गरेका छन्।

माघ ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्