पल शाहलाई जोडेर लेखेको स्टाटसको वास्तविकता अर्कै रहेको समीक्षा अधिकारीको दाबी

काठमाडौँ– गायिका समीक्षा अधिकारीले कात्तिक महिनामा नायक पल शाहलाई जोडेर फेसबुकमा स्टाटस लेखेकी थिइन्। त्यो समयमा समीक्षा अधिकारी र पल शाहबीच प्रेमसम्बन्ध रहेको र यी दुईबीच खटपट भएको समाचार बाहिरिएको थियो।

यो बेला समीक्षाले पलको बचाउ गर्दै उनलाई ‘दादा’ भनी सम्बोधन गरेकी थिइन्। पलले उनलाई अभिभावकको रुपमा प्रेम गर्ने बताएकी थिइन् ।

तर तिनै गायिकाले अहिले भने उक्त स्टाटस कसैले अनुनय विन्ती गरेको कारण लेखेको र वास्तविकता अर्कै रहेको बताएकी छन्। फेसबुकमा उनले उक्त स्टाटसको स्क्रिन सट राख्दै लेखेकी छन्, ‘म लामो केही भन्दिन, २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकताभन्दा धेरै टाढा छ, जुन कसैको अनुनयमा लेखेको थिए। अब समय आउँदैछ, यथार्थ खुलाउनेछु।’

गायिका अधिकारीले उक्त स्टाटसमा पल शाहसँगको सम्बन्ध कपोकल्पित भएको बताएकी थिइन् उनले सञ्चार माध्यममा आएका समाचारहरुमा उनको र पलको सम्बन्धलाई तोडमोड गरेर प्रकाशन गरिएको बताएकी थिइन्। तर अहिले समीक्षाले आफ्नो बोली फेरेकी छन्।

माघ ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्