काठमाडौँ – नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ।

उनीहरुले राजधानीमा मसाल जुलुस गरी पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिन सरकारसँग माग गरेका हुन्।

त्यस्तै, अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल, अखिल पाँचौं अध्यक्ष पवित्रा आचार्य, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनकी संयोजक राजेश्वरी सुवेदी, राष्ट्रिय विद्यार्थी संघका नेता रन्जित निस्पक्ष, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाही, अखिल क्रान्तिकारी अध्यक्ष सुन्दर रायमाझी र राष्ट्रवादी विद्यार्थी संगठनका अध्यक्ष अनुप लामिछानेले पनि बिहीबार संयुक्त विज्ञप्ति जारी गरेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन्।

अन्यथा देशभर आन्दोलनमा उत्रने उनीहरूको चेतावनी छ।

विप्लव निकट विद्यार्थी संगठनले निकालेको मसाल जुलुसका केही तस्बिरहरु:

तस्बिरहरुः वर्षा शाह