प्रदेश १ मा थप १०६० जनामा कोरोना संक्रमण, एकको मृत्यु

मोरङ– प्रदेश १ मा गएको २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा १ हजार ३ सय ९७ जनाको पीसीआर परीक्षणमा ८ सय ४५ र ५ सय ६७ जनाको एन्टिजेन परीक्षणमा २ सय १५ जनामा कोरोना संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार परीक्षणका क्रममा मोरङमा ३ सय ७७, सुनसरीमा २ सय ५४, झापामा १ सय ३८, धनकुटामा १३, उदयपुरमा ५, तेह्रथुम र इलाममा समान २, ओखलढुङ्गा, पाँचथर, भोजपुर र खोटाङमा समान १ र प्रदेश १ बाहिरका ५० जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा ३ सय २० जनामा संक्रमण देखिएको छ। त्यसैगरि बुढीगंगामा १८, उर्लाबारीमा ९, सुन्दरहरैचामा ७, कटहरीमा ४, बेलबारी र स्थानीय तह नखुलेकामा समान ३, पथरीशनिश्चरे, ग्रामथान, धनपालथान र रतुवामाईमा समान २, केराबारी, रंगेली, लेटाङ, सुनबर्षी र मिक्लाजुङमा समान १ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै सुनसरीको धरानमा १ सय ५९, इटहरीमा ५५, बर्जुमा ५, दुहवी, बराहक्षेत्र, इनरुवा र देवानगञ्जमा समान ४, हरिनगरमा ३, भोक्राहा र रामधुनीमा समान २, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ११ जनामा संक्रमण भएको छ।

झापाको बिर्तामोडमा ३८, भद्रपुरमा ३०, कनकाई र दमकमा समान १९, अर्जुनधारामा १२, बुद्धशान्ति र शिवसताक्षीमा समान ६, मेचीनगरमा ५, हल्दिबारीमा ३, कमल र झापा गाउँपालिकामा समान २, गौरादह, बाह्रदशी र स्थानीय तह नखुलेकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

मन्त्रालयका अनुसार पहाडी क्षेत्रतर्फ धनकुटाको धनकुटा नगरपालिकाको ७, छथरजोरपाटीमा ३, महालक्ष्मीमा २ र पाख्रिबासमा १, उदयपुरको कटारी र स्थानीय तह नखुलेकामा समान २, बेलकामा १, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेकामा समान १, इलामको इलाम नगरपालिका र माईमा समान १, ओखलढुङ्गाको मोलुङ, पाँचथरको फिदिम, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको जन्तेढुङ्गामा समान १ र प्रदेश १ बाहिरका ५० जनामा संक्रमण देखिएको छ।

यसैबीच प्रदेशमा बिहीबार ४८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। यसरी संक्रमणमुक्त हुनेमा २५ महिला र २३ पुरुष रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ। हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय १५ रहेको छ।

माघ ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्