कर्णाली प्रदेश एन्फा तदर्थ समिति गठन

सिमकोट– अखिल नेपाल फुटबल संघ (एन्फा)को कर्णाली प्रदेश तदर्थ समिति गठन भएको हो। एन्फा केन्द्रीय महासचिवद्वयको उपस्थितिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा तदर्थ समिति गठन गरिएको हो।

एन्फा कर्णालीको तदर्थ समितिको अध्यक्षमा प्रमोद हमाल (सुर्खेत), उपाध्यक्षमा भरत खत्री(जुम्ला), महासचिवमा गणेश खत्री (सुर्खेत) चयन भएका छन्।

त्यसैगरि सदस्यहरुमा कृष्ण बहादुर खड्का , खगेश्वर आचार्य, महेन्द्र चौधरीलगायत चयन भएका छन्।

महासचिव खत्रीले कर्णालीको फुटबल विकासका लागि लाग्ने बताए। उनले एन्फालाई कर्णालीका दश वटै जिल्लामा विस्तार गरिने बताए। हाल कर्णालीका सुर्खेत र जुम्ला मात्र एन्फामा आवद्ध छन्।

माघ ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्