
विराट राजदरबार उत्खनन् : २ हजार ४ सय वर्ष पुरानो मन्दिरको संरचना खोतल्दै पुरातत्व विभाग
विराटनगरस्थित विराट राजाको दरबार भनिएको स्थानमा पुरातत्व विभागले उत्खनन् कार्यलाई तीव्रता दिएको छ। विभागका ५ सदस्य पुस २६ गतेबाट महानगर १८ स्थित भेडियारीमा रहेको प्राचीन स्थानको उत्खननमा जुटेको हो।