शुक्रबार रातिदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक तथा निजी यातायातमा जोरबिजोर प्रणाली

काठमाडौँ- कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले काठमाडौं उपत्यकाका तीनै जिल्लामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक र निजी सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो।

ललितपुरका प्रजिअ घनश्याम उपाध्यायका अनुसार संक्रमण बढ्दै गएकाले तीनै प्रजिअहरुको बैठकले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको हो। जोरबिजोर प्रणाली सार्वजनिक यातायात, निजी सवारी साधन र दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुनेछ।

माघ ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्