पाकिस्तानकाे लाहाेरमा शक्तिशाली बम बिस्फोट : तीन जनाको मृत्यु, २० बढी घाइते

पाकिस्तानको लाहोरस्थित लोहारी गेट क्षेत्रमा भएको शक्तिशाली बिस्फोटमा कम्तिमा तीन जनाको मृत्यु भएको छ। बिस्फोटमा २० जनाभन्दा बढी घाइते भएका छन्।

बिस्फोटपछि साढे १ फिट गहिरो खाडल परेको प्रहरीले जनाएको छ। बिस्फोटको कुनै समूहले जिम्मा लिएको छैन।

बिस्फोटबारे थप अनुसन्धान भइरहेको छ। बिस्फोटपछि सवारीसाधन जलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन्।

माघ ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्