अस्ट्रियामा खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना

अस्ट्रिया सरकारले खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ। सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुअरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो।

अस्ट्रियामा अहिलेसम्म ७२ प्रतिशतले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन्। सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने विधेयक तल्लो सदनबाट पारित भइसकेको छ। माथिल्लो सदनबाट पारित भएर राष्ट्रपतिले हस्ताक्षर गरेपछि विधेयकले कानुनको रुप लिनेछ।

खोप आदेश सन् २०२४ को जनवरीसम्म लागू हुनेछ। त्यसका लागि एक अर्ब ४० करोड डलर खर्च लाग्ने छ।

माघ ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्