‘क्लब हाउस’ मा मुस्लिम महिलामाथि अभद्र टिप्पणी गरेको आरोपमा ३ जना पक्राउ

भारतमा ‘क्लब हाउस’ मोबाइल एपमा मुस्लिम महिलाहरुको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रहरीले ३ जनालाई गिरफ्तार गरेको छ।
मुम्बई प्रहरीका अनुसार मुम्बईको साइबर प्रहरीले एक महिलाको उजुरीपछि यो कारबाही अगाडि बढाएको हो।
गिरफ्तार भएका मानिसहरुको पहिचान प्रहरीले खुलाइसकेको छ। उनीहरुलाई शुक्रबार स्थानीय अदालतमा उपस्थित गराइँदै छ।
यी युवाहरुको गिरफ्तारीपछि शिव सेनाको राज्यसभाकी सांसद प्रियंका चतुर्वेदीले मुम्बई प्रहरीको ट्वीटरमा तारिफ गरिन्।
Kudos @MumbaiPolice , they have got cracking on the Clubhouse chats too and some arrests have been made. Say no to hate. #Clubhouse
— Priyanka Chaturvedi🇮🇳 (@priyankac19) January 21, 2022
बुधबार दिल्ली प्रहरीले क्लब हाउस एप र सर्च इन्जिन गुगललाई पत्र लेखेर यो एपको अडियो ग्रुप च्याटको व्यवस्थापकको जानकारी मागेको थियो।
जहाँ मुस्लिम महिलाको विरुद्धमा आपत्तिजनक कुराहरु गरिएको थियो।