‘ब्याट आउट अफ हेल’ का गायक मिट लोफको ७४ वर्षमा निधन

UNITED STATES - JANUARY 01: Photo of MEAT LOAF; Meat Loaf (Photo by Richard E. Aaron/Redferns)

अमेरिकी संगीतकर्मी मिट लोफको ७४ वर्षको उमेरमा निधन भएको छ। विश्व चर्चित गीत ‘व्याट आउट अफ हेल’ का गायकको के कारणले निधन भएको खुलाइएको छैन। २० जनवरीमा उनको निधन भएको सञ्चार माध्यमले जनाएका छन् ।

उनको वास्तविक नाम मार्भिन लि एडे हो। संगीतकर्म र अभिनय यात्रामा आएपछि उनले आफ्नो नाम परिवर्तन गरेका थिए।

उनको निधनको बारेमा उनको परिवारले विज्ञप्ति जारी गरी जानकारी दिएको थियो। ‘हामीलाई थाहा उहाँ तपाईहरुको लागि कति महत्वपूर्ण हुनुहुन्थ्यो। यो शोकको घडीमा तपाईहरुले असाध्यै उर्जावान र सुन्दर मन भएको व्यक्ति गुमाउदा हामीप्रति देखाउनुभएको माया र साथप्रति कृतज्ञ छौँ। उहाँको मन देखि तपाईको आत्मासम्म यो कुरा पुगोस् ‘कमाल गर्न नछोड्नुहोस् !’

सन् १९७७ मा मिट लोफले गाएको, जीम स्टेनम्यानले कम्पोज गरेको ‘व्याट आउट अफ हेल’ लोफको डेब्यू एल्बम थियो। त्यो समयमा अमेरिकाको इतिहासमा सबैभन्दा धेरै बिक्री भएको रेकर्ड यही एल्बले राखेको थियो।

१ करोड ४० लाख प्रति विक्री भएको उक्त एल्बमले नै लोफलाई स्थापित गरिदिएको थियो।

माघ ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्