रुख ढल्दा च्यापिएर देउखुरीमा एक जनाको मृत्यु

सांकेतिक तस्बिर।

दाङ– रुखले च्यापिएर देउखुरीमा एक जनाको मृत्यु भएको छ।

स्याउला काट्न जंगल गएका बेला सालको रुख एक्कासी ढलेर च्याप्दा गढवा गाउँपालिका–२ निवासी ३२ वर्षीय सन्तोष यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनी घरदेखि करिब एक किलो मिटर टाढा स्याउला काट्न रुख चढेका थिए। तर, सोही क्रममा छेउको अर्काे रुख ढलेर यादवलाई च्यापेको थियो। जसले गर्दा यादवको मृत्यु भएको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए।

‘डाला काट्न गएको बेलामा घटना भयो। खै कसले हो रुखमा आगो लगाएको रहेछ। रुख धोद्रो भएपछि ढल्दा च्याप्यो,’ यादवले भने, ‘उपचारको लागि अस्पताल पुर्‍याउने बेलामा मृत्यु भयो।’

कोइला निकाल्नको लागि सालको काँचो रुखमा आगो लगाउने गरिन्छ। शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ।

माघ ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्