प्रदेश १ मा थप ११३५ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

मोरङ– प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मधेश प्रदेशबाट उपचारका लागि भर्ना भएका ३ जनाको मृत्यु भएको हो।

मन्त्रालयका अनुसार सिरहा–१ का ८० वर्षीय बृद्ध, सिरहा लहान–१९ की ६२ वर्षीया महिला र महोत्तरी श्रीपुर–३ का ३० वर्षीय युवकको मृत्यु भएको हो। यससँगै प्रदेशमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार २०७ पुगेको छ।

यस्तै गत २४ घण्टामा प्रदेशमा १ हजार १ सय ३५ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १ हजार २ सय ३६ जनाको पीसीआर परीक्षणमा ७ सय ७२ र ८ सय ९८ जनाको एन्टिजेन परीक्षणमा ३ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार परीक्षणका क्रममा मोरङमा ३ सय १६, सुनसरीमा २ सय ५७, झापामा १ सय ४२, धनकुटामा ५, उदयपुरमा ४, संखुवासभामा ३, इलाम र भोजपुरमा समान २, पाँचथर, तेह्रथुम र खोटाङमा समान १ र प्रदेश १ बाहिरका ३८ जनामा कोरोना संक्रमण भएको हो।

मोरङको विराटनगर महानगरपालिकामा २ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ। जसमा १ सय १३ जना महिला र १ सय ४० जना पुरुष रहेको मन्त्रालयले जनाएको छ।

त्यसैगरि बुढीगंगामा १९, सुन्दरहरैचामा ११, उर्लाबारीमा ७, रंगेलीमा ५, कटहरी र स्थानीय तह नखुलेकामा समान ३, केराबारी, लेटाङ, धनपालथान, बेलबारी, जहदा र ग्रामथानमा समान २, पथरीशनिश्चरे, रतुवामाई र कानेपोखरीमा समान १ जनामा संक्रमण भएको छ।

सुनसरीको धरानमा १ सय ३०, इटहरीमा १००, इनरुवामा १२, दुहवीमा ६, हरिनगरमा ३, बराहक्षेत्र र बर्जुमा समान २, गढी र रामधुनीमा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरि झापाको बिर्तामोडमा ३९, भद्रपुरमा २१, मेचीनगरमा १७, अर्जुनधारामा १४, दमकमा १२, कनकाईमा १०, शिवसताक्षीमा ८, हल्दिबारीमा ५, बाह्रदशी र कमल गाउँपालिकामा समान ४, कचनकवलमा ३, बुद्धशान्ति र स्थानीय तह नखुलेकामा समान २, गौरादहमा १ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयले पहाडी क्षेत्रतर्फ धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेकामा समान २, पाख्रिबासमा १, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा १, संखुवासभाको मादीमा १ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिका र स्थानीय तह नखुलेकामा समान १, भोजपुरको साल्पासिलिछो र रामप्रसाद राई गाउँपालिकामा समान १, पाँचथरको फिदिम, तेह्रथुमको आठराई र खोटाङको हलेसी तुवाचुङमा समान १ र प्रदेश १ बाहिरका ३८ जनामा कोरोना संक्रमण भएको जनाएको छ।

त्यसैगरि प्रदेशमा शुक्रबार ८० जना कोरोना संक्रमणमुक्त भएका छन्। यसरी संक्रमणमुक्त हुनेमा ३६ महिला र ४४ पुरुष रहेको मन्त्रालयले जनाएको छ। हाल प्रदेशमा ५ हजार २ सय ४ जना सक्रिय संक्रमित रहेका छन्।

माघ ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्