लागुऔषधसहित सप्तरीबाट तीन जना पक्राउ

जनकपुरधाम– सप्तरी प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका– ५ का २७ वर्षीय राजकुमार मेहता, १९ वर्षीय सिन्धु सदा र अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नं. ६ का २५ वर्षीय बैजु साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

तीनै जनालाई बिहीबार राति करिब १० बजे सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. १ बरहीस्थित पूर्व–पश्चिम कोशी कर्णाल पम्प नहरको बाटोबाट पक्राउ गरिएको छ।

को २३ प २७७३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा डाइलेक्स डिसी लेखिएको १०० एमएलको १ सय ९० बोतल, डाइजेपाम २ एमएल लेखिएको ९५ वटा इन्जेक्सन, फेनारगन २ एमएल लेखिएको इन्जेक्सन ९५ एम्पुल, लिगेसिक २ एमएल इन्जेक्सन ९५ एम्पुल बरामद गरिएको प्रवक्ता काफ्लेले जानकारी दिए।

माघ ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्