किन घट्दै छ नेटफ्लिक्सको आकर्षण?

गत वर्ष नेटफ्लिक्सका सब्सक्राइबरको संख्या २२ करोड २० लाख पुगेको थियो।

नेटफ्लिक्सले गत वर्ष १ करोड  ८२ लाख नयाँ सदस्यहरू थपेको थियो। यो संख्या २०२० मा सदस्यता लिएकाहरुभन्दा लगभग आधा हो।

लगानीकर्ताले यो गति यसपटक बढ्ने आशा गरेका थिए।

२०२२ को पूर्वानुमानले खराब समाचार ल्याएको छ। संस्थाले जनवरीदेखि मार्चसम्मका तीन महिनामा मात्र २५ लाख सदस्यहरू थप्ने अपेक्षा गरेको छ। यो विश्लेषकहरूले अपेक्षा गरेभन्दा धेरै कम हो।

नेटफ्लिक्सले ल्याटिन अमेरिका जस्ता विश्वका विभिन्न भागहरूमा ‘कोभिड ओभरह्यांग र म्याक्रो–आर्थिक कठिनाइ’ सदस्यता नथपिनुको कारणका रुपमा औंल्याएको छ।

नेटफ्लिक्सले २०२१ को अन्तिम तीन महिनामा ८३ लाख नयाँ सदस्यहरु थपेको छ। यसले अझै धेरै मानिसहरू परम्परागत टेलिभिजनबाट टाढा जाँदा नेटफिल्क्सको प्रयोगकर्ता बढ्न सक्ने अपेक्षा गरिएको छ। तर, डिस्नी, एप्पल, अमेजन र एचबीओजस्ता नयाँ प्रतिस्पर्धाले नेटफिल्क्सलाई प्रभाव पार्न थालेको यसले स्वीकार गरेको छ।

नेटफ्लिक्सले दर्शकहरूलाई चासो राख्ने सामग्रीमा अर्बौं डलर खर्च गरिरहेको छ।

वर्षको अन्तिम तीन महिनामा समावेश भएका ‘द विचर’ फ्यान्टासी टेलिभिजन शृंखलाको नयाँ सिजन र ‘द सटायर डन्ट लुक अप’जस्ता सिर्जनाले दर्शकको मन जितिसकेको छ। तर हालै अमेरिका र क्यानडामा मूल्य बढाएको संस्थाले लागत र अन्य चुनौती सामना गरिरहेको छ।

संस्थाको राजस्व अक्टोबर, नोभेम्बर र डिसेम्बरमा १६% ले बढेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.७ अर्ब डलर पुगेको थियो। त्रैमासिक नाफा १२% ले बढेर ६० करोड ७० लाख डलर पुगेको छ।

माघ ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्