
सान मान सबै गलाएर खाए
ताज लाज दुवै जलाएर खाए।।
पुगे फलैँचामा हुकुम चलाउन
झोले र भरिया दलाएर खाए।।
खाँदैनौ भन्थे लोकाचार पारी
निशान भत्काइ ढलाएर खाए।।
जरो थियो बाँकी गुभो सडेको
रछ्यान मलमा पलाएर खाए।।
राम्रा नराम्राको भएन छ्यान
थिति बेथिति चलाएर खाए।।
दिनदशाले दाइँ अहिले गराइ
तालुमा आलु फलाएर खाए।।