बिजबजारको आधिकारिक बिजनेस पार्टनरमा साइन्टिफिक विजनेश हब

काठमाडौँ – जे चाहिन्छ, त्यो पाइन्छ भन्ने नाराका साथ सञ्चालनमा आएको बिजबजार ई–कमर्स प्लेट फर्मको बागमती विशेष प्रदेश (काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे जिल्ला) को आधिकारिक बिजनेस पार्टनरमा साइन्टिफिक विजनेस हब प्रालि नियुक्त भएको छ।

यससम्बन्धी सम्झौतापत्रमा बिजबजार र साइन्टिफिक बिजनेस हब प्रालिबीच हालै हस्ताक्षर भएको छ। उक्त सम्झौतापत्रमा बिजबजारका तर्फबाट फ्रेन्चाइज डिस्ट्रिब्युसन अफिसर चिन्तामणि शर्मा र साइन्टिफिक विजनेश हबका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्सव ढकालले हस्ताक्षर गरेका छन्।

यस क्षेत्रमा साइन्टिफिक विजनेश हबले बिजबजारको व्यापार विस्तार तथा व्यापारिक रणनीतिक साझेदारको रूपमा काम गर्ने छ।

बिजबजारले देशका ७७ वटै जिल्लाबाट आफ्नो सेवा प्रवाह गर्ने उद्देश्यका साथ सातै प्रदेशमा आफ्ना आधिकारिक बिजनेस पार्टनरहरू नियुक्त गरिसकेको छ।

माघ ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्