केजी इन्टरकन्टिनेन्टलले ल्यायो विन्टर अफर, एसवाईएम मोटरसाइकलमा विशेष छुट

काठमाडौँ –केजी इन्टरकन्टिनेन्टल प्रालिले विन्टर अफर ल्याएको छ। कम्पनीले नेपाली बजारमा बिक्री वितरण गरिरहेको एसवाईएम मोटरसाइकलमा यो अफरअन्तर्गत विशेष छुट प्रदान हुने बताएको छ।

माघ ९ गते आइतबारबाट यो अफर देशभरका सबै शोरुममा लागू हुने कम्पनीले जनाएको छ। यो अफर माघ मसान्तसम्ममात्रै लागू हुनेछ। अफरअन्तर्गत एसवाईएमको एनएचटी २०० बाइक खरिद गर्दा ग्राहकले नगद १० हजार रुपैयाँ छुट पाउने कम्पनीले जानकारी दिएको छ।

त्यस्तै कम्पनीले एक्स्चेन्ज गर्ने ग्राहकको सुविधालाई मध्यनजर गर्दै पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्यभन्दा अतिरिक्त १५ हजार रुपैयाँ थप मूल्यांकन गरिने बताइएको छ। नेपाली बजारमा एसवाईएमको एनएचटी २०० बाइक लोकप्रिय बन्दै गइरहेको र यो अफरले ग्राहकहरु अझै बढी आकर्षित हुने कम्पनीले विश्वास लिएको छ।

काठमाडौँमा कमलपोखरी, टेकु, चाबहिल र बनेपा तथा संखुवासभा, इलाम, पोखरा, चितवनमा एसवाईएमको शोरुम सञ्चालनमा आएको जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन्। एसवाईएम ताइवानको कम्पनी हो। यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको खत्रीले बताइन्।

यो बाइक १८३ सिसीमा बजारमा उपलब्ध छ। एफआई इन्जिन, लिक्विड कुलिङ इन्जिन, सिटहाइट ८१० एमएम, फ्युल ट्याङक ११ लिटरलगायतका विशेषता यसमा छन्। अत्यधिक पावर १३।५ किलोवाट, ८५०० आरपीएम, अत्यधिक टर्क १५।७ एमएम र ७५०० आरपीएम छ। ६ वटा गियर स्पिड, डबल च्यानल एबिएस ब्रेकिङ सिस्टमलगायतका विशेषता यो मोटरसाइकलमा रहेका छन्। १२५ किमि परआवर हाइस्पिड क्षमता रहेको बाइकको माइलेज पनि राम्रो रहेको कम्पनीले जनाएको छ।

यो बाइकको मूल्य नेपाली बजारमा ६लाख २५ हजार रुपैयाँ तोकिएको छ। रेड, ब्राउन, ब्लु र ब्ल्याक कलरमा बाइक उपलब्ध रहेको कम्पनीले जनाएको छ। स्पेयर्स पार्टस्समेत नेपाली बजारमा ग्राहकले सुपथ मूल्यमा प्राप्त गर्न सक्ने खत्रीले जानकारी दिइन्। बिक्रीपछिको सेवालाई मध्यनजर गर्दै पाँच ठाउँमा कम्पनीले सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको उनले बताइन्। उनका अनुसार एकवर्षभित्र नेपाली बजारमा एक हजार बाइक बिक्री गर्ने कम्पनीले लक्ष्य लिएको छ।

माघ ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्