ढुंगाले किचेर एक्स्काभेटर चालकको मृत्यु

सांकेतिक तस्बिर।

काठमाडौँ– मेलम्ची नगरपालिका–३ हैबुङमा सडक खन्ने क्रममा ढुंगाले किच्दा एक्स्काभेटर चालकको मृत्यु भएको छ।

बर्दिया घर भएका अन्दाजी ४५ वर्षका शेरबहादुर श्रेष्ठको घटनास्थलमा नै ज्यान भएको स्थानीय वसन्त गुरुङले बताए।

शनिबार दिउँसो साढे १ बजेको समयमा मेलम्ची नगरपालिका–३ स्थित माछा फार्म नजिकै सडक विस्तारको क्रममा माथिबाट खसेको ढुंगाले एक्स्काभेटर चालकलाई लागेको थियो।

अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। मृतक श्रेष्ठ शुक्रबार मात्र एक्स्काभेटर चलाउन आएको स्थानीयले बताएका छन्।

माघ ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्