प्रदेश १ मा एकै दिन ७०२ जनामा कोरोना

विराटनगर- प्रदेश न.१ मा पछिल्लो २४ घण्टामा ७ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा ८ सय ७ जनाको पीसीआर परीक्षणमा ४ सय ८८ र ४ सय ९० जना एन्टिजेन परीक्षण गर्दा २ सय १४ जनामा कोरोना संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा २ सय २८, सुनसरीमा १ सय ८४, झापामा ४२, धनकुटामा ७, इलाम र उदयपुरमा समान ३, तेहृथुम र भोजपुरमा समान १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा २ सय १९, सुन्दरहरैचा र स्थानीय तह नखुलेकामा समान ३, कटहरीमा २ र रंगेलीमा १ जनाको रिपोर्ट पोजिटिभ आएको छ। सुनसरीको धरानमा १ सय २५, इटहरीमा ५२, रामधुनी र स्थानीय तह नखुलेकामा समान २, बर्जु, दुहवी र देवानगञ्जमा समान १ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरि, झापाको भद्रपुरमा २३, अर्जुनधारा र विर्तामोडमा समान ४, मेचीनगरमा २, कचनकवल, हल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिकामा समान १ र स्थानीय तह नखुलेका ५ जनामा संक्रमण भएको छ।

मन्त्रालयले धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबास र स्थानीय तह नखुलेकामा समान १, इलामको इलाम नगरपालिकामा ३, उदयपुरको त्रियुगा, कटारी र स्थानीयतह नखुलेकामा समान १, तेहृथुम र भोजपुरमा समान १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण भएको छ।

मन्त्रालयले प्रदेशमा शनिबार ७६ जना कोरोना संक्रमणमुक्त भएको जनाएको छ। यसरी संक्रमणमुक्त हुनेमा २९ महिला र ४७ पुरुष रहेकाछन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ। प्रदेशमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय १४ पुगेको छ।

माघ ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्