चीनद्वारा नेपाललाई २० लाख सिरिञ्ज हस्तान्तरण

काठमाडौँ– चीनले नेपाललाई २० लाख सिरिञ्ज उपलब्ध गराएको छ।
कोरोना महामारीविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको हो।
शनिबार उक्त परिमाणको खोप नेपाल सरकारलाई हस्तान्तरण गरिएको चिनियाँ दूतावासले जनाएको छ।
हस्तान्तरण गरिएको सिरिञ्जले नेपालको कोरोनाविरुद्धको खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई सहयोग गर्न चीन सरकार सदैव तयार रहेको बताएकी छन्।