पुटिन युक्रेनको नेतृत्वमा रुस समर्थकलाई ल्याउन चाहन्छन् – बेलायत

फाइल तस्बिर

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको नेतृत्वमा रुस समर्थक व्यक्तिलाई ल्याउन चाहेको बेलायतले आरोप लगाएको छ।

बेलायतको विदेश मन्त्रालयले असामान्य कदम उठाउँदै युक्रेनका पूर्वसांसद येवेन मुरायेवलाई रुसको तर्फबाट युक्रेनको नेतृत्व (राष्ट्रपति) का लागि अघि सारिने सम्भावित उम्मेदवारका रुपमा उल्लेख गरेको छ। मुरायेव रुस समर्थित मानिन्छन्।

रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ। अमेरिकासहितका पश्चिमा राष्ट्रले यसलाई युक्रेनमाथि आक्रमण गर्ने रुसी योजना रहेको आरोप लगाउँदै आएका छन्। तर रुसले भने युक्रेनमा आक्रमणको योजना नरहेको बताउँदै आएको छ।

बेलायतकी विदेशमन्त्री लिज ट्रसले हिंसाको मार्ग छोडेर तनाव कम गर्नका लागि कूटनीतिक मार्ग अपनाउन रुसलाई सुझाव दिएकी छन्।

माघ ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्