भारतमा एकैदिन तीन लाख ३३ हजार बढी कोरोना संक्रमित थप

भारतमा एकैदिन तीन लाख ३३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा आइतबार (पछिल्लो २४ घण्टा) तीन लाख ३३ हजार ५३३ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ। शनिबारको तुलनामा चार हजार १७१ कममा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ५२५ जनाको कोभिड–१९ का कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिले भारतमा सक्रिय संक्रमितको संख्या २१ लाख ८७ हजार २०५ रहेको छ।

माघ ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्