नेबिको बिस्कुटको नयाँ भवन उद्घाटन

काठमाडौँ – कुनै बेला बिस्कुटको पर्यायवाची शब्द झैं थियो नेबिको। ‘बिस्कुट भनेकै नेबिको’ ५८ वर्षअघि स्थापित ब्राण्ड नेबिको अझ पनि उत्तिकै लोकप्रिय छ। निरन्तर झण्डै ६ दशकको अवधि पार गर्न सफल ब्राण्डले माघ ७ गते एक आन्तरिक कार्यक्रम गरी नयाँ भवनको उद्घाटन गरेको छ।

कम्पनीका कार्यकारी सञ्चालक राजेशकुमार रौनियार, सञ्चालक हरिश चन्द, प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद भट्टराईले संयुक्त रुपमा सो भवनको उद्घाटन गरेका छन्।

सो भवनबाट ब्रेकफास्ट सेरियलसहरु जस्तै, ओटस्, कर्नफ्लेक्स, चोकोजलगायतका उत्पादन तयार गरी बिक्री वितरण गरिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ती उत्पादन केही समयअघि देखि नै बजारमा परीक्षणस्वरुप उपलब्ध भइसकेका छन्।

थप आधुनिक मेशिन जडान गरी गुणस्तरमा एकरुपता कायम गर्ने उद्देश्यले थप लगानी गरिएको सञ्चालक रौनियारले बताए। उनले आउने दिनहरुमा थप नयाँ उत्पादनहरु लिएर बजारमा आउने प्रतिबद्धतासमेत जनाए।

माघ ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्