कोरोनाको कारण न्यूजिल्याण्डकी प्रधानमन्त्रीको विवाह रद्द

न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिण्डा आर्डर्नले आफ्नो विवाह कार्यक्रम रद्द गरेकी छन्। कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेसँगै नयाँ प्रतिबन्धात्मक नियम घोषणा गर्दै प्रधानमन्त्री आर्डर्नले आफ्नो विवाह पनि रद्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रधानमन्त्री आर्डर्नले आइतबार टेलिभिजन होस्ट क्लार्क गेफोर्डसँगको कुराकानीमा आफ्नो विवाह तत्कालका लागि रद्द गरिएको बताएकी हुन्। सर्वसाधारण नागरिकभन्दा आफू कुनै पनि हिसाबले भिन्न नरहेकाले विवाह कार्यक्रम रद्द गरिएको उनले बताएकी हुन्।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिन थालेपछि न्यूजिल्याण्डमा सबैभन्दा माथिल्लो तहको प्रतिबन्धात्मक नियम लागू हुने भएको छ। नयाँ नियमअनुसार खोप लगाएका बढीमा १०० जना भेला हुन पाउने छन्। यस्तै पसल र सार्वजनिक यातायातमा अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ।

न्यूजिल्याण्डमा हालसम्म १५ हजार १०४ जनामा संक्रमण पुष्टि भएको छ। कोभिड–१९ का कारण ५२ जनाको ज्यान गएको छ।

माघ ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्