प्रियंका अघि बलिउडमा सरोगेसीबाट अभिभावक बनेका यी कलाकार

प्रियंका चोपडा र निक जोनस सरोगेसीमार्फत छोरीको माता पिता बने। आफ्नो परिवार सुरु गर्नको लागि यी दुईले सरोगेसी चुने । बलिउडमा यस्ता धेरै कलाकारहरु छन्, जो सारोगेसीमार्फत माता पिता बनेका छन्।

शाहरुख खान

बलिउडका किङ खान, शाहरुख खान पनि सरोगेसी मार्फत पिता बनेका छन्। श्रीमती गौरी खान र उनको दुई सन्तान आर्यन र सुहाना जन्मिसकेपछि सन् २०१३ मा यी दुईले कान्छो छोरा अबरामको लागि सरोगेसी गरेका थिए। अबराम अहिले ८ वर्षका भईसकेका छन्।

सनि लियोन

सनि लियोन र उनका श्रीमान डेनियल वेबरले सन् २०१८ मा सरोगेसी मार्फत जुम्ल्याहा छोरा जन्माए। उनीहरुले आफ्नो छोराको नाम अशर र नोआह राखेका छन्। यी दुईले यो भन्दा पहिला सन् २०१७ मा २१ महिनाकी छोरी धर्मपुत्री पालेका थिए। सन्नि र उनका श्रीमानले यी छोरीको नाम निशा सिंक वेवर राखेका छन्।

शिल्पा सेट्टी

शिल्पा सेट्टी सन् २०२० मा दोस्रो पल्ट आमा बनिन्। सेट्टी र राज कुन्द्राले सरोगेसी मार्फत छोरी जन्माएका हुन्। छोरीको नाम उनीहरुले समिशा राखेकी छन्। यो भन्दा अगाडि शिल्पा र राजको छोरा (वियान राज कुन्द्रा) रहेका छन्।

एकता कपूर

टेलिश्रृंखला-चलचित्र निर्माता निर्देशक एकता कपूर सन् २०१९ मा आमा बनिन्। उनले सरोगेसी मार्फत छोरा रवि कपूरलाई स्वागत गरेकी हुन्। ४६ वर्षकी एकताको विवाह भएको छैन। उनी एकल आमा हुन्।

तूषार कपूर

नायक तुषार कपूर पनि छोराका पिता हुन्। उनले पनि सरोगेसी मार्फत छोरा लक्ष्यलाई स्वागत गरेका हुन्। उनी एकल पिता हुन्।

श्रेयस तलपडे

गोलमालका प्रख्यास कलाकार श्रेयस तलपडे र उनकी श्रीमति दिप्तीले सन् २०१८ मा सरोगेसीबाट परिवार सुरु गरेका थिए। विवाहको १४ वर्षपछि उनीहरुको छोरी आद्याको जन्म भएको थियो।

प्रिति जिन्टा

सन् २०२१ मा प्रिति जुम्ल्याहा सन्तानकी आमा बनिन्। ४६ वर्षकी यी अभिनेत्रीले आफ्ना छोरा र छोरीको नाम जय र जिया राखेकी छन्।

करण जोहर

बलिउडका चर्चित चलचित्र निर्माता करण जोहरले पनि सरोगेसी मार्फत जुम्ल्याहा सन्तानलाई स्वागत गरेका हुन्। उनी एकल पिता हुन् र आमाको सहयोगमा दुई सन्तान हुर्काइरहेका छन्। करणले छोराको नाम यश राखेका छन् भने छोरीको नाम आमा हिरुसँग मिल्दो जुल्दो राखेका छन्।

आमिर खान

बलिउडका प्रख्यात अर्का अभिनेता आमिर खानले पूर्वपत्नि किरण रावसँग सरोगेसी मार्फत छोरा जन्माएका थिए। यी दुईको सन्तान आजाद सन् २०११ डिसेम्बर ५ मा जन्मिएको थियो। आमिरको पहिलो श्रीमती रिना दत्तासँग दुई सन्तान जुनैद र आयरा छन्।

सोहेल खान

सलमान खानका कान्छा भाई सोहेल खान र सीमा खानका दुई छोरा छन् । उनीहरुका कान्छा छोरा सरोगेसी मार्फत जन्मिएका हुन् । पहिलो सन्तान भएको १० वर्षपछि उनीहरुले सरोगेसी मार्फत दोस्रो सन्तान जन्माएका हुन् ।

कृष्णा र कश्मिरा शाह

कमेडियन कृष्णा र कश्मीरा शाह पनि सरोगेसी मार्फत जुम्ल्याहा सन्तानका मातापिता बनेका हुन् ।

माघ ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्