लता मंगेशकरको स्वास्थ्य सुधारोन्मुख : चिकित्सक

प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकको बताएका छन् ।

मुम्बईको ब्रिच क्याण्डी अस्पतालमा लता मंगेशकरको उपचार भइरहेको छ । उपचारमा संलग्न डा. प्रतित समधनीले आइतबार मंगेशकरको स्वास्थ्यमा सुधार आइरहेको जानकारी दिएका हुन् ।

शनिबारदेखि उनको स्वास्थ्यमा सुधार आउन थालेको डा. समधनीले बताए । तर पनि मंगेशकरको आइसियूमै राखेर उपचार भइरहेको छ ।

उनलाई कोरोना संक्रमणसँगै निमोनिया भएको थियो। संक्रमण पुष्टि भएपश्चात दुई हप्ताअघि उनी अस्पताल भर्ना भएकी थिइन् । अहिले उनका परिवार र शुभचिन्तकले स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

मंगेशकरको उपचार भइरहँदा उनको स्वास्थ्य गम्भीर रुपमा बिग्रिएको र कतिपयले निधनसम्म भएको भन्दै हल्ला फैलाएका थिए। उनका प्रवक्ताले वक्तव्य जारी गरेर गलत हल्ला नफैलाउन र त्यसमा विश्वास समेत नगर्न आग्रह गरेका थिए ।

माघ ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्