हरेक क्याम्पस र विभागलाई अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्न त्रिविको निर्देशन

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले माघ ११ गतेदेखि सम्पूर्ण क्याम्पस तथा विभागलाई अनलाइनको माध्यमबाट संवैधानिक कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।

यसको लागि त्रिविले विभागीय प्रमुखको संयोजकत्वमा ५ सदस्यीय र क्याम्पसहरुमा सहायक क्याम्पस प्रमुखेको संयोजकत्वमा ७ सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्न निर्देशनै दिएको हो।

देशभर कोरोना भाइरस संक्रमण तीव्र फैलिएपछि त्रिविले सम्पूर्ण क्याम्पस तथा विभागको भौतिक पठनपाठन सँगसँगै परीक्षासँगै स्थगित गरेको छ।

त्रिविले आइतबार सूचना जारी गर्दैै सबै क्याम्पस तथा विभागलाई अनलाइन कक्षाको रुटिन बनाई माघ १० गतेभित्र डीनको कार्यालयमा पठाउनसमेत भनेको छ।

उसले भौतिक उपस्थितिमा हुनुपर्ने प्रयोगात्मक कक्षाहरु, अभ्यास शिक्षण, इन्टरर्नशीप आदिका सम्बन्धमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई भौतिक उपस्थितिमै सञ्चालन गर्न भनेको छ। ‘स्थानीय निकायसँग समन्वय गरी भौतिक कक्षा लिन सकिने अवस्था भएमा भौतिक कक्षा लिन सकिने’, त्रिविले जारी गरेको सूचनामा भनिएको छ।

उसले प्रत्येक अध्ययन संस्थान र संकायले सहायक डीनको संयोजकत्वमा ९ सदस्यीय अनलाइन कक्षा अनुगमन समितिसमेत गठन गर्न निर्देशन दिएको छ। समितिले अनलाइन कक्षा सञ्चालन गर्न सहयोग गनर््े तथा सबै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसका अनलाइन कक्षाको अनुगमन गर्ने सूचनामा उल्लेख गरिएको छ।

त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले आइतबार चार शीर्षकमा २२ बुँदे सूचना जारी गरेका हुन्।

हेर्नुहास् त्रिविले जारी गरेको सूचना –

माघ ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्