मोटरसाइकल दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु

सांकेतिक तस्बिर

दाङ– दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ निवासी अरुण देवकोटाको दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

सोही मोटरसाइकलमा सवार चितवन भरतपुर ७ बस्ने रामप्रसाद सापकोटा घाइते भएका छन्।

आइतबार बेलुका लमहीदेखि गढवातर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका वडा नम्बर ४ बलामपुरमा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका देवकोटाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। त्यस्तै घाइते सापकोटाको प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर लगिएको छ।

माघ ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्