अफ्रिका कप अफ नेशन्स : ट्युनिसिया र बुर्किना फासो क्वाटरफाइनलमा

ट्युनिसिया अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

आइतबार राति भएको अन्तिम १६ को खेलमा १० खेलाडीमा सीमित भएको नाइजेरियालाई १–० ले पराजित गरेर ट्युनिसियाले अघिल्लो चरणमा स्थान बनाएको हो ।

ट्युनिसियाको जितमा ४७ औँ मिनेटमा युसेफ साक्नीले गरेको गोल नै निर्णायक बन्यो । ६६ औँ मिनेटमा एलेक्स इओबी सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि नाइजेरिया १० खेलाडीमा सीमित भएको थियो ।

क्यामरुनमा जारी प्रतियोगितामा ट्युनिसियाले सेमिफाइनल प्रवेशका लागि बुर्किना फासोसँग प्रतिस्पर्धा गर्नेछ ।

आइतबार राति नै भएको अन्तिम १६ को खेलमा ट्राइब्रेकरमा गाबोनलाई ७–६ ले पराजित गरेर बुर्किना फासोले अन्तिम ८ मा स्थान पक्का गरेको हो । निर्धांरित र अतिरिक्त समयको खेलमा १–१ को बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।

माघ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्