वेष्ट इन्डिजमाथि इंग्ल्याण्डको एक रनको जित

वेष्ट इन्डिजसँगको दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा इंग्ल्याण्ड एक रनले विजयी भएको छ।

बार्बाडोसमा भएको खेलमा १७२ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७० रन मात्रै बनायो । वेष्ट इन्डिजका लागि होसेनीले ४४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ८ विकेटको क्षतिमा १७१ रन बनाएको थियो। उसका लागि रोये ४५ र मोइनले ३१ रन बनाए । यो जितसँगै इंग्ल्याण्डले शृङ्खलामा १–१ ले बराबरी गरेको छ ।

माघ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्