भारतमा ३ लाख ६ हजार नयाँ संक्रमित, ४३९ को मृत्यु

भारतमा पछिल्लो एक दिनमा थप ३ लाख ६ हजार ६४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यस्तै कोरोना भाइरसको संक्रण पछि पछिल्लो एक दिनमा ४ सय ३९ जनाको मृत्यु भएको छ।

संक्रमण आँकडामा यो संख्या आइतबार भन्दा २७ हजार ४६९ जना कम हो। पछिल्लो २४ घण्टामा २ लाख ४३ हजार जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्।

यो सँगै भारतमा सोमबारसम्म २२ लाख ४९ हजार ३३५ जना संक्रिय संक्रमितको संख्या रहेको छ भने संक्रमण दर २० दशमलव ७५ प्रतिशत रहेको छ।

माघ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्