अस्ट्रेलियन ओपन टेनिस : सिमोना हालेप बाहिरिइन्

दुईपटककी ग्राण्डसलाम विजेता सिमोना हालेप अस्ट्रेलियन ओपन टेनिसबाट बाहिरिएको छ । फ्रान्सेली एलिज कोर्नेटले तीन सेटमा पराजित गरेकी हुन् ।

३२ वर्षकी कोर्नेटले हालेपलाई ६–४, ३–६ र ६–३ को सेटमा पराजित गरेकी हुन् । उनी पहिलोपटक प्रमुख उपाधिको क्वाटरफाइनलमा प्रवेश गरेकी हुन् ।

१४ औँ बरियताकी रोमानियन खेलाडी हालेप सन् २०१८ मा अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा पुगेकी थिइन्।

माघ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्