विश्व प्रशिद्ध फेसन डिजाइनर थिएरी मुग्लरको निधन

विश्व प्रशिद्ध फेसन डिजाइनर थिएरी मुग्लरको निधन भएको छ । फ्रान्सेली डिजाइनर थिएरीको ७४ वर्षको उमेरमा निधन भएको उनको आधिकारिक सामाजिक सञ्जाल एकाउन्टबाट जानकारी दिइएको हो ।

सन् १९४० र ५० को दशकको ग्ल्यामरबाट प्रभावित भएका लुगा डिजाइनका लागि उनी प्रशिद्ध थिए । उनले डिजाइन गरेका लुगा लेडी गागा, डेविड बोवीसहितले लगाएका छन् ।

उनले बियोन्सेको स्टेज कार्यक्रमका लागि विभिन्न लुगा बनाएका थिए । यस्तै सन् २०१९ मा मेट गालामा किम कार्डासियनले लगाएको लुगा उनले डिजाइन गरेका हुन् ।

उनको अत्तर ब्राण्ड स्पेसल एन्जल पनि चर्चित छ । थिएरीको आइतबार (जनवरी २३) मा निधन भएको हो । उनको प्राकृतिक कारणले निधन भएको उनका एजेन्टले समाचार संस्था एएफपीलाई बताएका छन् ।

माघ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्