छोरी ‘वामिका’को तस्बिर भाइरल भएपछि के भन्छन्, विराट र अनुष्का?

भारतका सेलिब्रेटी जोडी विराट कोहली र अनुष्का शर्माकी छोरी वामिकाको तस्बिर भाइरल भइरहेको छ। अनुष्का छोरी वामिकालाई साथ लिइ दक्षिण अफ्रिकाविरुद्ध भएको भारतको एक दिवसीय खेल हेर्न स्टेडियम गएकी थिइन्।

तस्बिर यही समयमा खिचिएको थियो र यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। आफ्नो छोरीको तस्बिर अहिले नै बाहिर ल्याउन नचाहेका यी दम्पत्तिले सामाजिक सञ्जालमा वयान जारी गरेका छन्।

‘हाम्री छोरीको तस्बिर हिजो स्टेडियममा खिचियो र अहिले त्यो फोटो लगातार शेयर गरिराखिएको छ। हामीलाई थाहा थिएन क्यामराले हामीलाई नै खिचिरहेको छ। छोरीको तस्बिरलाई लिएर हाम्रो विचार पहिलाको भन्दा फरक भएको छैन। हामी तपाईंले वामिकाको तस्बिर क्लिक गर्नुहुन्न र कहीँ छाप्नुहुन्न भन्ने आशा गछौँ। यसको कारण त्यही नै हो जुन कुरा हामीले पहिला बताएका थियौँ। धन्यवाद !’

अनुष्का र विराटकी छोरी वामिका यही जनवरी ११ मा १ वर्षकी भइन्। उनीहरु छोरीले सामाजिक सञ्जाल बुझ्ने भएपछि र सामाजिक सञ्जालले के गर्न सक्छ भन्ने थाहा पाएपछि उनको आफ्नै इच्छाले चलाओस् भन्ने चाहन्छन्।

यही कारण देखाउँदै उनीहरुले वामिकाको मुख देखिने तस्बिर, भिडियो सार्वजनिक गरेका छैनन्।

माघ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्