विमानको पांग्रामा झुण्डिएर ११ घण्टा यात्रा

एजेन्सी – दक्षिण अफ्रिकाबाट उडेको एउटा मालवाहक विमानको नोज ह्विलमा (विमान अवतरण हुँदा प्रयोग हुने पांग्रा) मुनि लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टड्र्यामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरेको छ।

जोहेनस्वर्गबाट उडेको विमान एकपटक केन्याको राजधानी नौरोबीमा रोकिएको अनुमान गरिएको छ। पांग्रामा लुकेका व्यक्ति केन्या वा दक्षिण अफ्रिकामध्ये एक देशका नागरिक हुन सक्ने अनुमान गरिएको छ।

पक्राउपछि उनलाई अस्पताल लगिएको थियो। विमानमा जोहेनस्वर्गबाट एम्स्टड्र्याम पुग्न ११ घन्टा लाग्छ।

त्यति लामो समय यात्रा गर्दा पनि उनी जीवितै फेला पर्नुलाई दुर्लभ घटना मानिएको छ। अत्यधिक हावा र अक्सिजनको अभावमा पांग्रामा झुन्डिएर यात्रा गर्ने मानिसको मृत्यु हुनेगर्छ।

माघ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्