‘आगामी १० वर्ष पाइप इन्डस्ट्रीका लागि सुवर्ण समय हो’

मंगलम पाइपका प्रबन्ध निर्देशक अभिनव चुरीवालाले आफ्नो ब्रान्ड र कम्पनीबारे देशसञ्चारलाई अन्तर्वार्ता दिएका छन्। उक्त अन्तर्वार्तामा उनले व्यक्त गरेका अभिव्यक्तिको मुख्य अंश:

विगत ४५ वर्षदेखि हामी यो बिल्डिङ मेटेरियल क्षेत्रमा छौँ। मेरो बुवाले सन् १९७८ मा नेपालमा आइरन स्टिलको हिसाबमा व्यापार सुरु गर्नुभएको हो। १० वर्ष अगाडिको सम्झिने हो भने पाइपिङ इन्ड्रष्ट्री धेरै सानो थियो। तर अहिले १० गुना ठूलो भएको छ यो इन्ड्रष्टी।

आजको अवस्थामा पनि तपाईं तराईतिर जानुहोस्, सुदूरपश्चिम जानुस्, बाथरुम घर बाहिर एउटा मात्र बनाउँछ। घरभित्र बाथरुम राख्ने चलनचल्ती राम्रोसँग चलेको छैन। सो बाथरुम छैन भने प्लम्बिङको कुरा नै आएन।

तर पनि २०१० देखि पक्का नै केही न केही ग्रोथ त भएको नै छ २०२२ सम्म। यहाँदेखि अबको १० वर्षसम त अझ राम्रो हुन्छ जस्तो लाग्छ मलाई।

क्वालिटी नभएको भए आजको १० वर्षको अवधिसम्म हामी पुग्ने थिएनौँ। ग्राहकको हाम्रो कम्पनीप्रति विश्वास नभएको भए यो सम्भव थिएन।

काम गर्ने कामदारलाई पनि हामीले हेलमेट, सेफ्टी सुज सबै अनिवार्य गरेका छौँ। सबै कामहरु व्यवस्थित भएपछि इन्जुरीको चान्स एकदमै कम हुन्छ। तर मान्छेलाई हिँड्दा पनि चोट लाग्छ भने इन्डष्ट्रीमा चोट नलाग्ने कुरा पनि भएन। त्यसको लागि हामीसँग ‘फस्टएड’ डिपार्टमेन्ट छ।

ओभरअल वर्किङ इन्भारोमेन्टको जब हामी कुरा गछौँ, हाम्रोमा २ वटा सिफ्ट गरेर २ सय ५० जनाजति काम गर्छन्। सेफ्टी नभए फ्याक्ट्रीको उत्पादनमा कमी आउँछ। मान्छेहरुले पनि काम गर्न मान्दैनन्। सो यी सबै कुराहरुलाई हामीले सक्दो व्यवस्थित गर्ने प्रयास गरेका छौँ।

हाम्रो लागि दुईवटा कुरा धेरै महत्व राख्छ। पहिलो क्वालिटी, दोस्रो ब्राण्ड। ब्राण्डको लागि धेरै नै समय लाग्छ। आजको भोलि कसैले पनि केही गर्न सक्दैन।

मंगलम पाइपका प्रबन्ध निर्देशक अभिनव चुरीवालासँग गरिएको विस्तृत अन्तर्वार्ता:

 

माघ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्